नियम ५१
व्यवस्थापकले सूचना दिनु पर्ने
: (१) चियाबगानको निमित्त कुनै नयाँ घर वा जग्गाभोग चलनको लागि लिनु पर्दा वा उपभोग गर्नु भन्दा कम्तीमा पन्ध्र दिन अगावै व्यवस्थापकले स्थानीय श्रम कार्यालयलाई देहायका विवरण सहित लिखित जानकारी दिनु पर्नेछ :
(क) चियाबगानको नाम र ठेगान,
(ख) चियाबगानको व्यवस्थापकको नाम र ठेगाना,
(ग) चियाबगान सँग चिट्ठीपत्र आदान प्रदान गर्ने ठेगाना,
(घ) चियाबगानको प्रबन्धकको नाम र ठेगाना,
(ङ) चियाबगानमा संलग्न कामदार वा कर्मचारीको विवरण ।
(२) व्यवस्थापकले यो नियमावली प्ररम्भ भएको मितिले तिस दिन भित्र उप नियम (१) मा उल्लेखित विवरणहरु सहितको लिखित जानकारी स्थानीय श्रम कार्यालयमा पठाउनु पर्नेछ ।
(३) कुनै चियाबगानमा प्रबन्धकको नियुक्ती नभएको वा भैसकेको भएतापनि निजले चियाबगानको व्यवस्थापनको जिम्मा लिई नसकेको भएमा त्यस्तो अवस्थामा प्रवन्धकको काम गरिरहेको व्यक्तिलाई वा त्यस्तो व्यक्ति पनि नभएको अवस्थामा व्यवस्थापकलाई नै यस नियमको
प्रयोजनको निमित्त त्यस चियाबगानको प्रबन्धक मानिनेछ ।